भेपमा लुकाएर ल्याएको सुन तस्करीमा पूर्वसभामुख महरालाई उन्मुक्ति

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको सुन तस्करी प्रकरणमा सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा दायर गरेको छ । मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई उन्मुक्ति दिदै उनका छोरा राहुल महरासहित चारजनालाई प्रतिवादी बनाईएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पूर्वसभामुख महरा र उनका छोरा राहुलले पटकपटक भन्सारका कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सीआईबीले गरेको सोधपुछमा समेत महराले त्यो कुरा स्विकारेका छन् । तर मुद्दा दायरमा भने उनलाई उन्मुक्ति दिएर उनका छोरा र अरु ३ जनालाई प्रतिवादी बनाएको छ ।

पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको छ । राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले बताए ।

भेपमा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा सीआईबीले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स