काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।