काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मालम्बीहरुको लागि यस वर्षको विजय दशमी टीकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार काठमाडौंको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।
समितिले निकालेको प्रेस विज्ञप्ति अनुसार भारतको देहलीमा २४ अक्टोबर बिहान १०ः५५ बजे र अमेरिकाको न्यूयोर्कमा २३ अक्टोबर बिहान १०ः४७ बजे, टेक्सासमा २३ अक्टोबर बिहान १०ः०३ बजे, वासिङटन डि.सी.मा २३ अक्टोबर बिहान १०ः५३ बजे, कन्टुकीमा २३ अक्टोबर बिहान १०ः३१ बजे र क्यालिफार्नियमा २३ अक्टोबर बिहान १०ः३१ बजे उत्तम साइत रहेको छ ।
त्यसैगरी क्यानाडाको टोरेन्टोमा २३ अक्टोबर बिहान ११ः१७ बजे र भ्यानकुभरमा २३ अक्टोबर बिहान ११ः३५ बजे, जापानको टोकियोमा २४ अक्टोबर बिहान १०ः४५ बजे र अस्ट्रेलिया सिड्नीमा २४ अक्टोबर बिहान ११ः१५ बजे, मेलबर्नमा २४ अक्टोबर बिहान ११ः३५ बजे र क्यानवेरामा २४ अक्टोबर बिहान ११ः२१ बजे उत्तम साइत रहेको छ ।