सरकारले भोलि राष्ट्रिय शोक मनाउने

काठमाडौं । सरकारले भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।

बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरेको सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको उनले बताइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स