दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुद्वारा कालोमोसो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । काठमाडौंको यल्लो प्यागोडा होटलबाहिर सोमबार दिउँसो प्रसाईंमाथि अपरिचित समूहले कालोमोसो दलेको हो।

यल्लो प्यागोडा होटलमा प्रसाईंले दिउँसो पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

हाल प्रसाईंलाई प्रहरीले उद्धार गरी प्रहरी वृत्त दरबारमार्गमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स