काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १३ सय ४५ रूपैयाँ कायम भएको छ ।