काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले लाभांश घोषणा गरेको छ। असोज २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजीको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैठकले कम्पनीको प्रथम वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। सभा आउँदो मंसिर ६ गते ललितपुरको झम्सिखेलमा अपराह्न साढे ४ बजेबाट सुरु हुनेछ।
सभाले अन्य प्रस्तावमा संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण लगायतका वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने, संचालकको भत्ता अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छ।
यस फण्डको आकार १५० करोड रहेको छ ।