काठमाडौं । धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्थाको आह्वानमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मर्चेन्ट बैंकर्स संघले अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता – २०२३ आयोजना गरेको छ । असोज १५ देखि असोज २१ गते सम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा ‘लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम’ सञ्चालन गर्ने उद्देश्य बमोजिम उक्त हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो ।
यहि क्रममा असोज १९ गते हाजिरी जवाफ प्रतियोगिताको प्रथम चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागि भएका ३२ वटा कलेजका स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुको टोलि मध्यबाट निम्न बमोजिमका ८ वटा कलेजहरु द्धितीय चरणका लागि छनौटमा पर्न सफल भएका छन् ः
१. काठमाडौं कलेज अफ म्यानेजमेण्ट
२. रिलायन्स कलेज
३. द ब्रिटिस कलेज
४. काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट
५. क्वेस्ट ईन्टरनेशनल कलेज
६. नेपाल कलेज अफ म्यानेजमेण्ट
७. युनिग्लोब कलेज
८. एपेक्स कलेज
द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलि आउँदो असोज २१ गते आईतवारका दिन हुने सेमिफाइनलमा प्रतिस्पर्धा गरी विजय हुन सफल ४ वटा टोलि सोहि दिन हुने अन्तिम चरणको प्रतिस्पर्धामा सामेल हुनेछन् । विजय टोलिलाई आयोजकका तर्फवाट प्रथम पुरस्कार स्वरुप रु.१ लाख, द्धितीय पुरस्कार रु.५० हजार र तृतीय परस्कार रु.२५ हजार प्रदान गरिनेछ ।
उक्त समारोहको अन्तिम दिन मिति २०८० असोज २१ गते आइतबारका दिन हाजिरी जवाफ कार्यक्रम समाप्त भए पश्चात नेपाल धितोपत्र बोर्ड तथा आयोजक संस्था एमबीएयान बाट संयुक्त रुपमा पुरस्कार वितरण गरिनेछ ।