काठमाडौं । कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्प बीचको नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन ५०ः५० को संयुक्त लगानी कजारिया रमेश टाईल्स लिमिटेडले वित्तीय कन्सोर्टियम सम्झौताको सफलता पुर्वक समापन भएको घोषणा गरेको छ । कम्पनीले आफ्नो लगभग ४०० करोड रूपैयाँको महत्वाकांक्षी परियोजनाको लागि ३०० करोड रूपैयाँको पर्याप्त लगानी कोष सफलतापूर्वक प्राप्त गरेका छन् ।
यो सम्झौता एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा नबिल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड लगायत अन्य तीन प्रमुख वित्तीय संस्थाहरु संगको सहकार्यमा भएको थियो । यो सम्झौतामा रमेश कर्पका उपाध्यक्ष, रोहित गुप्ता र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरेका थिए ।
नेपाललाई भिट्रिफाइड टाइल्स र सेरामिक उत्पादनमा आत्मनिर्भर बनाउने दूरदर्शी प्रतिबद्धताका साथ कजारिया रमेश टाईल्स लिमिटेडले नेपालमा टाइल उत्पादनको लागि ग्रीनफिल्ड परियोजना सुरु गरेका छन् । यो महत्वाकांक्षी उद्यम कजारिया सेरामिक्स, भारतको अग्रणी र विश्वको ७ औं सबैभन्दा ठूलो टाइल उत्पादक संग ५०ः५० को संयुक्त लगानी उद्यमको रूपमा सञ्चालन गरिएको छ । यो परियोजना नेपाल भित्र उच्च गुणस्तरको कजारिया टाइल्स उत्पादन गर्न समर्पित रहनेछ ।
नवलपरासी क्षेत्रमा अवस्थित अत्याधुनिक उत्पादन उद्योग ८० लाख–वर्ग–मिटरको उत्पादन क्षमता भएकोे नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन गर्ने उद्योग हुनेछ । आफ्ना उत्पादनहरूको विश्वव्यापी मापदण्डहरू अनुसार अतुलनीय गुणस्तर होस् भनी सुनिश्चित गर्नका लागि यस उद्योगमा उच्च गुणस्तरको अत्याधुनिक प्रविधिहरू समावेश गरिनेछ । कजारिया रमेश टाईल्स लिमिटेडले नेपालबाट स्थानीय रूपमा उपलब्ध कच्चा पदार्थको उपयोग गर्ने, स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने र दिगो उत्पादन अभ्यासलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिन पाउँदा गर्व गर्दछ ।
कम्पनीको लक्ष्य उच्च गुणस्तरको प्राविधिक विशेषज्ञता मिश्रित उत्कृष्ट डिजाइनका कजारिया फ्लोर टाइलहरू नेपाली जनता माझ सहज रुपमा उपलब्ध गराएर नेपाली जनताको जीवनलाई समृद्ध बनाउनु हो । यस संयुक्त उद्यमको प्राथमिक उद्देश्यहरू व्यावसायिक सफलता भन्दा माथि रहेको छ । यसको मूल लक्ष्य नेपाललाई टाइलको माग पूरा गरि आत्मनिर्भर बनाउने, स्थानीय जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने रहेको छ । कजारियाले गुणस्तर सेवा र नवीनतामा उत्कृष्टताका लागि विश्वव्यापी ख्याति कमाएको छ ।
यस कन्सोर्टियम सम्झौताको वित्तीय पक्षहरूलाई अन्तिम रूप दिने क्रममा, उहाँहरूले आफ्नो कारखानाको निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको जानकारी खुसीका साथ दिएका छन् । कजारियाका गुणस्तरीय उत्पदानहरु सबैका लागि लागि थप किफायती बनाउने लक्ष्य राखेका छन् । यो मार्च २०२४ सम्ममा पूर्ण रूपमा कारखाना सञ्चालनमा आउने उनीहरूको आशा छ । कजारिया रमेश टाईल्स लिमिटेड नेपालको टाईल्स र सेरामिक उद्योगको भविष्यलाई आकार दिन, राष्ट्रको विकास र समृद्धिमा योगदान पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।