अल्टिमा लाइफस्टाइल ब्रान्डको नयाँ ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा

काठमाडौं । चर्चित उदयीमान नेपाली ब्रान्ड – अल्टिमा लाइफ स्टाइलले आफ्नो उपभोक्ताका लागि अत्यधिक किफायती मूल्यमा सुविधाजनक आधुनिक विशेषताहरुले सजिएको नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ । सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरु – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् ।

अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच हो । यी विशिष्ट वेरबलहरुले स्मार्टवाचको अपेक्षाहरू आमूल परिवर्तित गर्नुको साथै नयाँ युगको प्रविधिबाट प्रभावित शैली र व्यवहारिकता ल्याउनेमा बिस्वस्त छन् ।

‘अल्टिमा वाच सर्कल’ यही असोज १७ (अक्टोबर ४) मा आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य ३,९९९ रूपैयाँ मा खरिद गर्न सक्नेछन् । यो परिचयात्मक मूल्य सीमित संख्याको लागि मात्रै प्रवर्धन गरिएको हो तत्पश्चात् अल्टिमा वाच सर्कलको बजार मूल्य ५,९९९ रूपैयाँ रहनेछ । यसमा ४६६x४६६ पिक्सेलको उच्च रिजोल्युसनयुक्त १.४३ इन्चको त्रु अमोलेद डिस्प्ले रहेको छ साथै यसले स्पष्ट भिजुअल अनुभवको सुनिश्चित गर्दछ ।

यसको प्रभावशाली ८०० निट्स चमकताले फुल–स्क्रिन टच डिस्प्लेमा सुर्यको उज्यालो प्रकाशमा पनि स्पष्ट पढ्न सकिनेछ । यो स्मार्टवाचको साथ आफ्नो फिटनेस निगरानी राख्न आफ्नो कदम, दूरी र क्यालोरीहरुको रेकर्ड राखी यात्रा गर्न सकिन्छ । यसमा प्रभावशाली स्वास्थ्य निगरानी सुविधाहरु पनि रहेका छन् साथै ब्लु तुथ कलिङ सुविधामा रहँदा साथीभाईहरुले सधैँ सम्पर्क गर्न सक्नेछन् । आईपी६८ वाटरप्रुफ प्रमाणीत यस स्मार्टवाचले सक्रिय जीवनशैली समाविष्ट गर्न प्रेरित गर्नेेछ । एक घण्टामै चार्ज गर्न सकिने फास्ट चार्जिङ र शक्तिशाली २५० एमएएच् ब्याट्री क्षमताको साथ यो स्मार्टवाच लामो समय प्रयोग गर्न सकिन्छ । एक वर्षको ब्रान्ड वारेन्टी भएको यो स्मार्टवाचले सहज अनुभूति प्रदान गर्नेछ । यो उत्कृष्ट स्मार्टवाचले फेसन शैली र फिटनेसलाई प्रोत्साहन गर्ने छ ।

‘अल्टिमा वाच म्याजिक प्रो’ पनि यही असोज १७ (अक्टोबर ४) मा आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच म्याजिक प्रो विशेष मूल्य २,९९९ रूपैयाँमा खरिद गर्न सक्नेछन् । यो परिचयात्मक मूल्य सीमित संख्याको लागि मात्रै प्रवर्धन गरिएको हो र तत्पश्चात् वाच म्याजिक प्रो को पनि बजार मूल्य ५,९९९ रूपैयाँ रहनेछ । यसमा भएको १.९६ इन्चको Ultra UV सुविधा, ३२०x३८६ पिक्सेल रिज्योलुसन र ५०० निट्स भएको स्मुद एचडी डिस्प्ले चमकको साथ, तपाईंले यसको फुल–स्क्रिन टच डिस्प्लेमा स्पष्ट दृश्यहरू अनुभव गर्नु हुनेछ ।

ब्लुतुथ कलिङको साथ सहजै कल गर्न र जवाफ दिन तथा कललाई नउठाउन पनि सकिनेछ । यो स्मार्टवाच क्मयुनिकेशन भन्दा पर, दोगुना स्वस्थ्य–साथीको रुपमा रही कदम, दूरी र क्यालोरीहरुको रेकड र स्मार्ट सूचनाहरु प्रदान गर्नेछ । एक वर्षको ब्रान्ड वारेन्टी, क्ष्एटड वाटरप्रुफ प्रमाणीत यो स्मार्टवाच स्टाइलिश मात्र नभई टिकाउ र सक्रिय जीवनशैलीको लागि सज्जित छ । यो विशिष्ट स्मार्टवाचसँग आफ्नो टेक गेमलाई वृद्धि गर्न सकिनेछ ।

यी दुवै नयाँ उत्पादनहरू ग्राहकहरूले अल्टिमाको आधिकारिक वेवसाइट www.ultima.com.np लगायत अन्य विभिन्न अनलाईन प्लेटफर्महरु–दराज, सस्तोडिल, ब्रदरमार्ट, ग्यापु तथा हुकुट, बिगडिजिटल र नियो स्टोर जस्ता अफलाइन च्यानलहरूबाट सार्वजनिक भएको दिनदेखि नै खरिद गर्न सक्नेछन् ।
विशेष मूल्य
अल्टिमा वाच सर्कल : ३,९९९ रूपैयाँ
अल्टिमा म्याजिक प्रो : २,९९९ रूपैयाँ

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स