बझाङमा गयो ३ घन्टाभित्र ६ वटा भूकम्प, कति बजे कति रेक्टर स्केल ?

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर ३ घन्टाभित्र ६ वटा भूकम्प गएको छ । आज मंगलबार मात्र बझाङ केन्द्रबिन्दु भएर पटक पटक ३ घन्टाभित्र ६ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।

जसअनुसार, पहिलो परकम्प २ः४० मिनेटमा ५.३ रेक्टर स्केल, दोस्रो ३ः०६ मिनेटमा ६.३ रेक्टर, तेस्रो ३ः४५ मिनेटमा ४.१ रेक्टर, चौंथो ४ः२८ मिनेटमा ४.१ रेक्टर, पाँचौं ४ः३१ मिनेटमा ४.३ रेक्टर र छैठाें बेलुकी ५ः१९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।

भूकम्पका कारण केही घर भत्किएका छन् भने ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ ।

पटक९पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स