बझाङ केन्द्रविन्दु भएर दुई भूकम्पको धक्का महसुस, जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर दुई भूकम्पको धक्का महसुस भएको छ । आज मंगलबार दिउँसो २ः४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प र सोहि केन्द्रविन्दु भएर ३ः०६ मिनेटमा ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको हो ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् भने दुई जना घाइते भएका छन् । भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ ।

पटक/पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स