पुरुष क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसित खेल्ने

काठमाडौं । उन्नाइसौं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ ।

नेपालले टि-२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो । क्वाटरफाइनलमा नेपाल र भारतबीच मंगलबार बिहान प्रतिस्पर्धा हुने भएको छ ।

अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो ।

एकदिवसीय एशिया कपमा श्रीलंकामा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स