विद्यालयमा पढ्न आएका विद्यार्थीलाई शुल्क मिनाहा सहित दैनिक सय रुपैयाँ खर्च दिईने

काठमाडौं । बर्दियाको मधुवन नगरपालिका—४ ढोढरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्राविधिक शिक्षामा अध्ययन गर्ने ४० जना विद्यार्थीको शुक्ल मिनाह गर्ने भएको छ । सिभिल तर्फ २० र इलेक्ट्रिकलका २० विद्यार्थीलाई शुल्क मिनाहाका साथै यातायात र खाजा खर्च वापत १ सय रुपैया उपलब्ध गराउनने छ ।

सीटीईभीटीद्वारा सञ्चालित दिगो तथा रोजगारीका लागि ईन्सोर परियोजनाबाट निःशुल्क र यातायात र खाजा खर्च उपलब्ध गराइएको हो । प्राविधिक शिक्षामा विद्यार्थीले बढी रुचि लिउन भन्दै यातायात र खाजा खर्च उपलब्ध गराउन लागिएको प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए जनाएको छ ।

विद्यालयले प्रि डिप्लोमा तहको २४ महिने सिभल तथा इलेक्ट्रिकल औद्योगिकतर्फ अध्ययन गराउँदै आएको छ । विद्यालयमा विद्यार्थीले साढे तीन महिना प्राविधिक ज्ञान लिई बाहिर काम गर्नेछन । प्रशिक्षित विद्यार्थीले विद्यालयको अध्ययनसँगै आवश्यकता अनुसार काम गरे वापत् उनीहरुलाई दैनिक ज्याला दिनु पर्ने छ । साढे तीन महिनापछि सिभिल तर्फका विद्यार्थीले घरको गारो र भित्ता बनाउने काम सिक्नछन् । इलेक्ट्रिक तर्फ हाउस वायरिङ,पंखा,पानी तान्ने मोटर,फ्रिज मर्मत गर्न सक्ने विद्यालयका शिक्षक भोजराज भुषालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स