नेपाल रिपब्लिक मिडियाको तेस्रो वार्षिक साधारणसभा आह्वान, लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा कात्तिक ३ गते काठमाडौंको जडीबुटीस्थित जडीबुटी इन्द्रेणी ब्यांक्वेटमा बिहान साढे १० बजे आह्वान गरेको हो ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८०का लागि सेयरधनीहरलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको हो।

सभामा आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.व. २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सो लाई पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै साधारणसभाले कम्पनीको नियमावली बमोजिम सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स