काठमाडौं । टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ तथा फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) कार्यान्वयन स्थगित भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको गत हप्ता बसेको बोर्ड बैठकले टेरामक्स कार्यान्वयन स्थगित गरेको हो ।
टेरामक्स उपकरण आयातको क्रममा आर्थिक हिनामिनाको आशंकापछि अख्तियार दुरुपयोग अनुसान्धान आयोगले पनि छानविन गरिरहेको यो प्रणाली विवादित बनेपछि कार्यान्वय प्रक्रियानै रोकेको हो ।
प्राधिकरणले टेरामक्स प्रविधि कार्यान्वयनमा ल्याउन नेपाल टेलिकम र एनसेललाई साउन १५ गते पत्र पठाएको थियो ।
तर, कुनै पनि सेवा प्रदायकले यो प्रणाली जडान गरेका भने छैनन्।
एनसेलले एक हदसम्म न्यूनतम बफादारी देखाएपनि नेपाल टेलिकमले छलफलमा पनि बस्न रुचि देखाएको छैन ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट नीतिगत/कानूनी स्पष्ट भएपछि मात्रै कार्यान्वयमा ल्याउनु भने पछि प्राधिकरणले टेरामक्सको प्रक्रियालाई होल्ड गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले कल ट्यापिङ, एसएमएस लगायत ग्राहकका फोनकलसँग सिधा पहुँच राख्ने टेरामक्स कार्यान्वयनमा ल्याउन नदिने अभिव्यक्ति दिएका थिए ।