कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन डब्लूएचओले गठन गर्यो कार्यदल

काठमाडौं । कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रूप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो) सँग संयुक्त रुपमा गठन गरिएको नयाँ कार्यदलमा २६ जना विज्ञहरु मनोनीत गरिएको छ ।

डब्लूएचओले नयाँ कार्यदल कोभिड–१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने जानकारी गराएको छ । करिब २ वर्षअघि पहिलो पटक चीनको वुहान सहरमा भाइरस भेटिएको थियो तर भाइरस सुरुमा कसरी उत्पत्ति भयो भन्ने विषयमा भने अझै अस्पष्ट छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स