काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरका रुपमा एफसी चितवन क्लबमा आवद्ध भएका छन्।
गेम वान प्रा.लि.अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आवद्धतामा सहमति भएको हो।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगका रुपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मंसिर ८ देखि पुस १४ गतेसम्म दशरथ रंगशाला काठमाडौंमा आयोजना हुँदैछ।
एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिम एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, वीरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिङ इलाम टिमले प्रतिस्पर्धा गर्दैछन्।