पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने

काठमाडौं । पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तीम जनाइएको छ ।

अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ ।

सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान र कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिनुका साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

भोट र जुरीको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स