काठमाडौं । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । घटनामा खटिएका प्रहरी अनुसार घटनास्थलमै २८ जना र उपचारका लागि नेपालगन्ज लगिएका ४ जनाको मृत्यु भएको हो ।
घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको छ ।
नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बस छायाँनाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटना भएको हो ।