काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ । महानगरले शिक्षक आन्दोलनका नाममा शिक्षकहरुले विद्यालय बन्द गरे प्रधानाध्यापकसहित शिक्षकलाई पनि कारबाही गर्ने निर्णय गरेको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माईतीघरमा शिक्षकहरुले प्रदर्शन गरिरहेका बेला महानगरले उक्त निर्णय गरेको हो ।

महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने बताए । आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा हो । तर, आन्दोलनको नाममा विद्यालय नै बन्द गरिनुहुन्न । विद्यालय बन्द गरियो भने कारबाही गर्न महानगरले शिक्षा विभागलाई निर्देशन दिएको छ’ उनले भने ।

महानगरले यसअघि पनि विद्यालय शान्ति क्षेत्र भएकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्नेसम्मको चेतावनी दिँदै आएको थियो ।

महानगरको निर्देशकसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्नेछ । यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स