नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

धनकुटा । धनकुटा नगरपालिका-४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो ।

विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ ।

नयाँ भवन बनेपछि नागरिकलाई सेवा दिन सहजता हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स