सार्वजनिक विद्यालयमा दुई किसिमका शिक्षक

काठमाडौं । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयक, २०८०मा विद्यालय तहका शिक्षकलाई साधारण शिक्षक र विषयगत शिक्षक गरी दुई किसिममा वर्गिकरण गर्ने प्रस्ताव गरेको छ ।

संशोधन विधेयकमा आधारभूत तहको कक्षा एकदेखि कक्षा पाँचसम्म अध्यापन गर्ने शिक्षकलाई साधारण शिक्षक र आधा।भूत तहको कक्षा छदेखि आठसम्म अध्यापन गनेृ शिक्षकलाई विषयगत शिक्षकमा विभाजन गर्ने प्रस्ताव गरिएको छ । माध्यमिक तहमा अध्यापन गर्ने शिक्षकलाई विषयगत शिक्षकमा प्रस्ताव गरिएको छ ।

मौजुदा शिक्षा ऐनमा व्यवस्था भए अनुसार नै आधारभूत तह र माध्यामिक तहका शिक्षकलाई प्रथम, द्वितीय र तृतीय श्रेणीमा विभाजन गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स