नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने साथै सार्वजनिक विदा

काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि बिहीबार गर्ने भएको छ ।

नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार बिहान ११ बजे गर्न लागेको हो ।

सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ । नेम्वाङको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने छ ।

संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स