२० अर्बको कारोबार गर्ने लक्ष्यसहित ‘नाडा अटो शो’ को १५ औं संस्करण आजदेखि सुरु, बैंक र बीमाले पनि देखाए चासो

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २० अर्ब रुपैयाँको कारोबार हुने अनुमान सहित आजदेखि गाडीहरूको कुम्भ मेला ‘नाडा अटो शो’ को १५औँ संस्करण आज मंगलबारदेखि सुरु हुँदैछ । झकिझकाउ बनेको भृकुटी मण्डप परिषरमा यसपटक नयाँ ब्रान्ड र मोडलका सवारीसाधन प्रमुख आकर्षण बन्ने देखिन्छ ।

धेरै गाडी बिक्रेताहरूले यहि नाडा अटो शो–२०२३ का लागि सवारीसाधनको मर्मतसम्भारसँग सम्बन्धित विभिन्न कम्पोनेन्ट्सहरुले पनि मेलमा सहभागीता जनाएका छन् ।

शो का लागि स्टल निर्माणमा मात्रै २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विभिन्न ब्रान्डका सवारी साधन तथा यसका पाटपूर्जा बिक्रेताले भाग लिने अटो शोमा एउटा स्टल बनाउन ७५ लाख रुपैयाँसम्म खर्च भइसकेको छ ।

तीन वर्षपछि आयोजना हुन लागेको शोमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङ्ग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको स्टल रहनेछन् ।
अटो शोमा ग्राहकलाई आकर्षण गर्न ठूला गाडी बिक्रेताको हालीमुहाली छ । टाटा, बीवाइडी, सुजुकी, हुन्डाई, महिन्द्रा, फोर्ड जस्ता कम्पनीहरूले स्टल डेकोरेसनमा धेरै खर्च गरिरहेका छन् ।

टाटा, हुन्डाई, सेरेस, ओरा, फोर्ड, बिवाइडी, नेटा–भीे स्टल, टाटा, महिन्द्रा, सुजुकी, बिवाइडी, निसान, हुन्डाई र एमजी जस्ता कम्पनीले स्टलमा ठूलो खर्च गरेका छन् ।
नेपालमा अटोमोवाइलको वार्षिक कारोवार एक खर्ब हाराहारीमा रहँदै आएकोमा झन्डै ४० प्रतिशत हाराहारी दशैं तिहारमा बिक्री हुन्छ । यसरी कारोवार हुने अधिकांश सवारीको बुकिङ नाडा अटोशोमा हुने र त्यसपछि दशैं तिहारमा डेलिभरी हुने हुँदा हामीले २० अर्ब हराहारीको कारोवार हुने अनुमान गरेका नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष धु्रब थापाले बताएका छन् ।

अटो शोमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक तथा शिखर इन्स्यारेन्सले सहभागिता जनाएका छन् । बैंकहरूको यो सहभागिता अटोमोबाइल्स क्षेत्रमा बैंकहरू पनि लगानी गर्न उत्सुक रहेका छन् भन्ने हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स