लालबन्दीको फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा संकलन हुने फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ । लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौंबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिए ।

उनका अनुसार यसअघि फोहर उठाउने ठेकेदार कम्पनी ‘ग्रिन एण्ड क्लिन सिटी’ सर्भिस प्रालि हेटौंडा, मकवानपुरले नगरपालिकाभित्रका बजारबाट संकलन भएको फोहर उठाएबापत नगरपालिकाबाट वार्षिक एक लाख ५० हजार लिँदै आएको थियो ।

अब गोकर्णेश्वरले संकलन गरेको फोहर नगरपालिकालाई दिने, नगरपालिकाले पुनः गोकर्णेश्वरलाई फोहोर फिर्ता गर्ने र त्यससँगै नगरपालिकालाई रकम दिने विषयमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

फोहरमैलामा संकलन भएका कबाडी सामग्री बिक्रीबाट आएको रकम र घरघरबाट उठाउने रकम ठेकेदारकै हुने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ । तर ल्याण्डफिल्डसाइट नभएकाले नगरपालिकाले यसअघि कालिञ्जोर खोला किनारमा लगेर फोहर डम्पिङ गर्दै आएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स