काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।
आज एक सूचना जारी गरी अपराह्न ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
सुकुम्बासीहरूले कब्जा गरेको औद्योगिक क्षेत्रको जग्गा छोड्न नमान्दा प्रहरी र सुकुम्बासीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् । घटना नियन्त्रण बाहिर जाने सक्ने भन्दै कर्फ्यु लगाइएको हो ।