कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतले थापाले पाएको विश्वासको मत बदर गरेसँगै उनी पदमुक्त भएका हुन् ।

न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले ४८ घण्टाभित्र धारा १६८ उपधारा (३) अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । अब संसद्को सबैभन्दा ठूलो पार्टी नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स