काठमाडौं । बागमती प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । बागमती प्रदेश सरकारले भोलि भदौ २२ गते चेपाङ समुदायको राष्ट्रिय पर्व छोनाम (न्वागी) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारले चेपाङ समुदायको वाहुल्यता रहेका तीन जिल्ला मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ। यस छोनाम पर्वका दिन घैया धानको चामल, पिंडालु, निबुवा, घिरौला लगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ। यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको छ ।