काठमाडौं महानगरमा भोलि शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले भोलि भदौ २२ गते शोक बिदा दिएको हो ।

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको हो ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका(१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स