भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७१ हजार २२२ जनाले पाए १० कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको आईपीओ आज भदौ १८ गते बिहान ९ः३० बजे बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जस मध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जनालाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ । जस अनुसार ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी १२ लाख ३५ हजार ४५५ आवेदकको हात खाली भएको छ ।

कम्पनीले भदौ ५ गतेबाट भदौ ८ गतेसम्म सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अकिंत दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले सेयर निष्काशन गरेको थियो।

कम्पनीले कुल ८ लाख ५८ हजार ९७ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ८५ हजार ८१० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ भने ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १७ हजार १६२ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्टाएको छ। बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका छन्।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट हेर्न सकिने छः

१.सीडीएसले आईपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/ 
२.बिक्री प्रबन्धकको वेबसाइट: https://www.siddharthacapital.com/
३.मेरोसेयर एपस् जततउकस्रर: https://meroshare.cdsc.com.np/#/login

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स