शनिबार भएको घटनाबारे बालेनले दिए यस्तो स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निजी सचिवालयले शनिबार भएको घटनाबारे स्पष्टीकरण
दिएको छ । आइतबार मेयर बालेनको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको उल्लेख गरिएको छ ।

ट्राफिकले काठमाडौं महानगरको गाडी रोकेपछि मेयर शाहले सामाजिक संजालमा लेखेका थिए, ‘आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

उनले महानगरको गाडी कसले र किन रोकेको थियो भन्ने खुलाएका थिएनन् ।

मेयर बालेनले सामाजिक संजालमार्फत यस्तो अभिव्यक्ति दिएपछि उनको सार्वजनिक आलोचना भएको थियो । त्यसपछि उनको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको हो ।

बालेनको स्वकीय सचिवालयका अनुसार बालेन दम्पतीका शिशु (मेडिसिटी अस्पताल) एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् । आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराई फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीसँग सो घटना भएको बताईएको छ ।

त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको बालेनको स्वकीय सचिवालयले विज्ञप्ति उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स