काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन् । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन भने खुसी डंगोलले दुई विकेट लिइन् । त्यस्तै कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।