चिनियाँ दूतावास अगाडि नेविसंघले गर्‍यो विरोध प्रदर्शन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । छिमेकी मुलुक चीनले नेपालको चुच्चे नक्सा स्वीकार नगरेको भन्दै चीनले गएको सोमबार प्रकाशित गरेको नक्सा सच्याउन माग गर्दैं बिहीबार प्रदर्शन गरेको हो ।

सो नक्सामा देखाइएको नेपालको नक्सामा नेपालको चुच्चे भाग अंकित छैन । नेपाल सरकारले विसं. २०७७ को जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकको भूभागसमेत समेटेर नयाँ राजनीतिक नक्सा औपचारिकरुपमा जारी गरेको थियो ।

साढे २ बजे दूतावास अगाडि पुगेका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै विरोधमा प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरुलाई प्रहरीले पक्राउ गरी करिब एक घन्टा नियन्त्रणमा राखेको थियो । नेविसंघले नक्सा सच्याउन माग गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासलाई कूटनीतिक नोटसमेत बुझाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स