काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
काठमाडौं महानगरले स्थानीय राजपत्रमा विदाको सूचना जारी गर्दै भदौ १५ गते शुक्रबार सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
उक्त दिन सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन रहेकोले महानगर क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।