राष्ट्र बैंकले गर्यो चालु पुँजीकर्जा मार्गदर्शन संशोधन, ७ शर्त पूरा गरे ४० प्रतिशतसम्म कर्जा लिन सकिने(के के भयो संशोधन)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । बैंकले आज उक्त मार्गदर्शन संशोधन गरेर ४० प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यसअघिको २५ प्रतिशतसम्म चालु पुँजी कर्जा लिन पाउने व्यवस्थालाई संशोधन गर्दै बढाएर ४० प्रतिशत पुर्याएको हो । ४० प्रतिशत पुर्याउँदा विभिन्न ७ वटा शर्त राखिएको छ । ७ वटा शर्त पूरा गरेको खण्डमा मात्रै ४० प्रतिशत कर्जा पाइने छ ।

इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्सन साइकल, डेज सेल्स आउट स्टया।ण्डङ, इन्भेन्टरी कन्भर्जन पिरियड, लिड टाइम र एकाउन्ट्स पेईबल पिरियडको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरू उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालु पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन् । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने राष्ट्र बैंकले जनाएको छ ।

सरकारी, अर्धसरकारी तथा बहुराष्ट्रिय संस्थाहरुसँग सम्बन्धित कार्य सम्पादन गर्न गरिएको निर्माण व्यवसायसँग सम्बन्धित ठेक्का सम्झौताअन्तर्गतका वहुवर्षीय परियोजनाहरुकालागि प्रवाहित कर्जाको हकमा मात्र उक्त परियोजना अवधिभर कर्जा नवीकरण तथा पुनरावलोकन गर्दा भेरिएन्स एन्लाइस गरी कर्जा सीमा घटाउन अनिवार्य हुने छैन ।

तर, बैंक तथा वित्तीय संस्थाले ऋणीको चालू पुँजी कर्जा बक्यौता आफ्नो चालु पूँजी कर्जा नीतिबमोजिमको नेट ट्रेडिङ एसेटको निश्चित प्रतिशतभन्दा बढी नहुने गरी एकिन गर्नुपर्नेछ ।

नवीकरण हुने प्रकृतिका सम्पूर्ण चालस पुँजी कर्जा खाता आर्थिक वर्षको कुनै एक समयमा उद्योग/व्यवसायको प्रकृतिअनुसार कम्तीमा लगातार ७ दिन शून्य बक्यौता कायम भएको हुनुपर्दछ । तर, यो व्यवस्था मार्गदर्शन लागु भएको मितिबाट ३ चालु पुँजी कर्जाका विभिन्न खाताहरूमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको १० प्रतिशतभन्दा कम बक्यौता कायम भएको हुनुपर्दछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/2.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स