काठमाडौं । आइतबार, नेप्से परिसूचक २०.५४ अंकले घटेर १९९३.३८ अंक विन्दुमा आइपुगेको छ ।
आज ३८ लाख ९५ हजारको कित्ता सेयर १ अर्ब २६ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९५ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, कुथेली बुखेरी स्मल हाइड्रोपावरको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्तको ६%, सिटिजन्स म्यूचल फण्डको ५.८८%, पिपल्स् पावरको ५.१८%, अपर सोलु हाइड्रोको ४.८९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावरको ९.६३%, लिबर्टी इनर्जीको ६.३०%, उप्पर स्यांगे हाइड्रोपावरको ५.७९%, महुली लघुवित्तको ५.६८%, खानीखोला हाइड्रोपावरको ५.५१ प्रतिशतले सेयर मूल्य घटेको छ ।