अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन

काठमाडौं । अग्रवाल सेवा केन्द्रको १७ औं वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल कुमार धानुका , सुबोध कुमार गाडिया र रमेश कुमार अग्रवाल चयन भएको हो ।

यस्तै मानार्थ उपाध्यक्षमा सुमित कुमार अग्रवाल र राम अवतार टाईवाला निर्वाचित भएका छन् । १२ सदस्यीय पदाधिकारीको महासचिवमा पंकज जलान, कोशाध्यक्ष अरुण डोकानीयाँ र सचिवमा भरत कुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया चयन भएका छन् ।

यस्तै सह कोषाध्यक्ष ऋषि कुमार अग्रवाल चयन भर्एका छन् । अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । खास गरी प्राकृतिक विपतमा नागरिकको सेवामा लामो समय देखि काम गर्दै आएको नवनिर्वाचित महासचिव पंकज जलानले बताए ।

समाजले भूकम्प प्रभावित जिल्लामा भवन निर्माणमा उल्लेख्य योगदान गरेको थियो । निर्वतनमा अध्यक्ष राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्नका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स