काठमाडौं । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको छ। आज बिहान दुई लघुवित्तबीच गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक समझेदारीपत्रमा हस्ताक्षर भएको हो।
हाल समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३९ करोड ४१ लाख रहेको छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्ता पुँजी १४ करोड ८४ लाख रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा समता घरेलु लघुवित्तले ५ करोड ७४ लाख खुद नाफा कमाएको थियो मनकामना स्मार्ट लघुवित्तले २१ लाख ६८ हजार खुद नफा कमाएको थियो।
प्राप्तिपश्चात कायम हुने समता घरेलु लघुवित्तको कुल चुक्तापुँजी ५७ करोड ५९ लाख र कुल शाखा संख्या ९९ वटा हुनेछ।
समता घरेलु लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ मा रहेको छ भने मनकामना स्मार्ट लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको छ ।