५५औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको अन्तिम तयारी पूरा, २५ मुलुकहरुकोे सहभागिता

काठमाडौं । एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भदौ १५ गतेबाट सुरु हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले गर्न लागेको ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको अन्तिम तयारी पुरा भएको हो ।

महासंघले ऐतिहासिक प्रथम पटक नेपालमा एशियन च्याम्पियनशिप सम्पन्न गर्न गैरहेको यस प्रतियोगितामा हाल सम्म एशियाली राष्ट्रका करीब २५ मुलुकहरुले सहभागिता जनाई सकेको छ । एशियाका मुलुकहरुले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा आयोजना हुनेछ । एशियाली प्रतियोगितामा पुरुष तर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिएको छ । यसको आधिकारिक होटल याक एण्ड यति तथा ¥याडिसन होटल रहने छ र प्रतियोगिता स्थल याक एण्ड यति होटल रहने छ ।

नेपालमा हुने यस प्रतियोगिता न्युट्रल भेन्युको रुपमा हुने भएकोले एशियाली देशका खेलाडी एवं अफिसियलहरुको उल्लेख्य उपस्थित रहने छ । सात दिन सम्म चल्ने यस प्रतियोगिताको पहिलो दिन भाद्र १५ गते सबै राष्ट्रका खेलाडी स्वागत कार्यक्रम तथा खेलाडी रेजिष्ट्रेशन गरिने छ । भाद्र १६ गते टिम मेनेजर्स मिटिङ, निर्णायक मिटिङ, डोपिङ सेमिनार तथा एशियाली कग्रेसको आयोजना समेत हुनेछ । भाद्र १७ गते खेलाडी तौल तथा हाइट मेजरमेन्ट र उमेर समूहको जांचको कार्यक्रम रहने छ । सोही दिन एशियाली वार्षिक कग्रेसको मिटिङ तथा निवार्चन समेत हुने महासंघले जानकारी गराएको छ ।

भाद्र १८ गतेमा प्रतियोगिताको समुद्घाटन सत्र रहने छ जसमा युवा तथा खेलकुद मन्त्रिको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन गरेर प्रत्येक राष्ट्रको झण्डा सहित मार्च पास्ट परेड गरिने छ । उक्त दिन १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ । उक्त दिन १४ जना नेपाली खेलाडीहरुले ८ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

भाद्र १९ गतेमा २० वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ । उक्त दिन २४ जना नेपाली खेलाडीहरुले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

भाद्र २० गते ९ वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ । उक्त दिन ५ जना नेपाली खेलाडीहरुले ४ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । सोहि दिन शारीरिक सुगठन खेलको १० वटा समूहका समूहगत विजेताबीच प्रतिस्पर्धा गराई मि. एशिया २०२३ को घोषणा गरिने छ । प्रतिस्पर्धामा धेरै अंक ल्याउने ३ देशलाई टिम च्याम्पियनको प्रथम द्वितीय तथा तृतीय घोषण गरिने छ । सोही दिन समापन गरिने छ र विदेशी पाहुनाहरु भाद्र २१ गते प्रस्थान गर्नेछ ।

यस ऐतिहासिक च्याम्पियनशिपमा मनकामना केवलकार मुख्य प्रायोजकको रुपमा रहेको छ भने राष्ट्रिय खेलकुद परिषदको पनि विशेष सहयोग रहनेछ । अन्य प्रायोजकहरुमा नेपाल टुरिज्म बोर्ड, एभरेष्ट बैक, नेपाल इनभेष्टमेन्ट मेघा बैंक, महालक्ष्मी विकास बैंक, पञ्चकन्या ग्रुप, के.टिएम. सिटी, सिदार्थ प्रिमियम इन्सुरेन्स, सगरमाथा लुम्बिनी इन्सुरेन्स, शिखर इन्सुरेन्स, सि.एफ.एस. रेमिट आदिको विशेष सहयोग रहने छ ।

यस प्रतियोगितालाई काष्ठमण्डप टेलिभिजलनले तिनै दिन प्रत्यक्ष प्रसारण एवं मेरो फिटनेसले फेसबुक लाईभ गर्नेछ । यस ५५औ एशियन च्याम्पियनशिपको इभेन्ट म्यानेजमेन्टको रुपमा फुनोलोजिक सोलुसन रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स