धितोपत्र निष्काशन नियमावली संशोधन गर्ने मन्त्रिपरिषदको बैठकको निर्णय

काठमाडौं । सरकारले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त नियमावली संशोधन गर्न नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको हो।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ अनुसार धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन गर्न सरकारले स्वीकृत प्रदान गरेको छ।

नेपाल धितोपत्र बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको थियो । नियमावली स्वीकृत भएसँगै कम्पनीहरुले आईपीओ जारी गर्दा अपनाउनु पर्ने व्यवस्थामा केहि परिमार्जन गरिएको जनाएको छ।

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिइन् ।

बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारले राजनीतिक परिवर्तनमा गीत संगीतका माध्यमबाट सहयोग पु¥याएका स्व. जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णयसमेत गरेको छ । बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स