काठमाडौं । भारतले प्याजको निर्यातमा महसुल बढाएको छ । भारतले भदौ २ गते शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने निर्णय गरेको हो ।
भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले भदौ २ गतेदेखि १५ पुस १५ गतेसम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । यसो गर्दा प्याजको निर्यात घट्ने र निर्णय हुने प्याज भारत मै उपलब्ध गराई मूल्य घट्ने विश्वास भारतीय अर्थ मन्त्रालयले लिएको छ ।
भारतले प्याज निर्यातमा कर लगाएसँगै अब भारतबाट नेपाल आउने प्याजको मूल्य महँगीने छ ।
हाल नेपाली बजारमा प्याज प्रतिकिलो ६१ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।