थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स, कतिले पाए अनुमति ? (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ ब्रोकर कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । हिजो बिहीबार बसेको बोर्ड बैठकले नयाँ ५ ददाद व्यवसायी (ब्रोकर) लाई सञ्चालन अनुमति दिएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

हिजोको निर्णयबाट अनुमति पाउने धितोपत्र व्यवसाय सञ्चालन गर्न पाउने व्यवसायीमा सजिलो ब्रोकर लि, ललितपुर मा.न.पा ०३, ललिपुर, रोडसो सेक्युरिटी लि, सुन्धारा काठमाडौं, बेनी सेक्युरिटी प्रा.लि, बानेश्वार, काठमाडौं, हिमालयन सेक्युरिटी लि, सुन्धारा काठमाडौं र सनी सेक्यूरिटी कम्पनी लि, नक्साल काठमाडौं रहेका छन् ।

यी धितोपत्र कारोबार गर्ने व्यवसायीमध्य ३ वटा सीमित कार्य गर्ने धितोपत्र दलाल र २ वटा पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका हुन् । पूर्ण कार्य गर्ने ब्रोकरमा हिमालयन सेक्युरिटी र सनी सेक्यूरिटी रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स