काठमाडौं । धेरै कम अनुभवि र व्यस्त लगानीकर्ताहरुको हितलाई मध्यनजरमा राखेर क्यापिटल म्याक्स सेक्युरिटिजले सनराईज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ। यस सम्झौता अनुरुप अब हरेक क्यापिटल म्याक्सका ग्राहकहरुलाई सनराईज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५० प्रतिशत छुट दिनेछ।
यसरी भारी छुट दिएर पोर्टफोलियो व्यवस्थापन गरीदिने सो सम्झौता अनुरुप सनराईज क्यापिटलले दक्ष तथा अनुभवि जनशक्ति प्रयोग गर्ने र ८ प्रतिशत सम्मको मुनाफा हरेक वर्ष नभएसम्म कुनैपनि पर्फमेन्स शुल्क नलिने कुरा सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले जनाएका छन् ।
यस व्यवस्थापन अनुरुप सेयर बजारमा हुने अनियमित उतारचढावबाट सिर्जना हुन सक्ने जोखिम र अनिश्चितताको सनराईज क्यापिटलले धेरै हदसम्म न्युनिकरण गरिदिने विश्वास क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष अतित लाल श्रेष्ठले बताए।