आइएमई लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने, यस्तो छ कारण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने भएको छ ।

बिहीबार कम्पनीले एक सूचना जारी गर्दै भदौ १ गते १२ बजेदेखि भदौ २ गते शनिबारसम्म सम्पूर्ण सेवा तथा कारोबार बन्द हुने जनाएको हो ।

कम्पनीले आफ्नो सिस्टम अपग्रेड सम्बन्धी कार्य गर्न लागेको हुँदा आफनो सेवा दुई दिनको लागि बन्द गर्न लागिएको सूचनामा उल्लेख गरेको छ ।

साथै, कम्पनीले यसबाट ग्राहकहरुलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स