नेपाल प्रहरीको विभिन्न पदमा जागिर खुल्यो, कुन पदमा कति माग ?

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा जागिर खुलाएको छ ।

प्रहरी प्रधान कार्यालयले करिब ६ सयको संख्यामा विभिन्न पदमा जागिर खुलाएको हो ।

कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी सहायक निरिक्षकमा ३६७ जना माग गरिएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जना गरी ५ सय ९५ जनाको लागि जागिर खुलाएको हो ।

कार्यालयले आजको मितिबाट आगामी मंसिर १२ गतेसम्म दरखास्त दिनका लागि आह्वान गरेको छ । साथै, कार्यालयले प्रहरी सहायकका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स