गत आवमा एनएलजीले कमायो २४ करोडभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा एनएलजी इन्स्यारेन्सले २४ करोड १० लाख रुपैयाँ खुल नाफा कमाएको छ । इन्स्योरेन्स कम्पनीले गत आवमा गरेको नाफा अघिल्लो आवकोभन्दा १.०२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद बीमा शुल्क आर्जन १४ प्रतिशतले घटेर ४९ करोड ९८ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा कम्पनीले ५८ करोड १२ लाख ६५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

बीमा कोषको आकार भने १०.४९ प्रतिशतले बढेर १ अर्ब २७ करोड १ लाख ६१ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ५० पैसा छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्न बिमा प्राधिकरणबाट अनुमति पाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स