हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४० करोड ६ लाख, बीमा शुल्क १ अर्ब १७ करोड आर्जन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले ४० करोड ६ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा १८४.८४ प्रतिशत बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यो अवधिमा कम्पनील ८५ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ३८ प्रतिशतले बढि हो ।

चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ भएको कम्पनीको जगेडा कोषमा ६९ करोड ८ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ३१ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ९ करोड ४४ थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

यस अवधिमा कम्पनीले ६० करोड १५ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५८ करोड ३७ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी बढी तिरेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १७ रुपैयाँ ४१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८.६८ रुपैयाँ रहेको छ । पिइ अनुपात ३४.४७ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स