लगातार बढ्दै सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

बिहीबार, सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज भने २ सय रूपैयाँले बढेर ९० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदी प्रतितोला ११ सय ७० रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स