काठमाडौं । कांग्रेस संसदीय दलको बैठकमा सांसद प्रदीप पौडेलले उच्च स्तरीय छानविन संयन्त्र नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् । बैंठकमा सांसद पौडेलले हालसम्मका सबै भ्रष्टाचारका मुद्दा छानविन गर्ने गरि उच्चस्तरीय संयन्त्र बन्नुपर्ने मत राखेका छन् । कांग्रेस संसदीय दलको बैठकमा सांसद पौडेलले उच्च स्तरीय छानविन संयन्त्र बनाएर छानविन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने धारणा राखेका हुन् ।
सुन प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टाचारको छानविन हुने गरि शक्तिशाली संयन्त्र बनाउनुपर्ने पौडेलले बताए । कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएर पनि त्यस अनुसारको भूमिका संसदमा नदेखिएको उनले बताए ।
‘सरकार र दल फरक होइन ? सरकारलाई हामीले औंला ठड्याउन सक्नुपर्दैन ?’ पौडेलले भने ।